नियम १३
मुद्दा हेर्ने निकायले मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्न आदेश दिन सक्ने
नियम १२ मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा हेर्ने निकाय समक्ष दायर भएको कुनै मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान हुन उपयुक्त छ भन्ने लागेमा र पक्षहरु सो कुरामा सहमत भएमा पक्षहरुको निवेदन नपरे पनि मुद्दा हेर्ने निकायले त्यस्तो मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान गर्न अनुसूची–६ बमोजिमको आदेश दिन सक्नेछ ।